अभिनेत्री केकी अधिकारीले मत हाल्न नपाउँदा आफ्नो चित्त दुखेको बताएकी छिन् । कार्यक्रमका लागि हाल अमेरिकामा रहेकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसपटक मताधिकारीको प्रयोग गर्न नपाएको भन्दै खिन्नता व्यक्ति गरेकी हुन् ।
उनले आफूले मताधिकार प्रयोग गर्न नपाए तापनि अरूलाई भोटको मूल्य बुझेर मताधिकारको सही प्रयोग गर्न आग्रह गरेकी छन् । उनले शान्त, सुरक्षित, सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना पनि गरेकी छन् ।
'निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइनँ । तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ। निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला। शान्त ,सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु,' उनले भनेकी छन् ।
शुक्रबारका लागि हुन लागेको निर्वाचनका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि लागू भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।