बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

बझाङको सुर्मा ५ सैनगाउँमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । 

झडपमा नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको छ ।  

सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ । 

अशक्त, अपांग व्यक्तिहरूले भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुबै पक्षबीच सामान्य झडप परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

अहिले सुरक्षाकर्मी सो ठाउँ खटिएपछि दुबै पक्षबीचको झगडा साम्य  भइसकेको जनाइएको छ ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १९:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया