ब्रुएना चम्किँदा उल्भ्समाथि सिटीको फराकिलो जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले शानदार जित हात परेको छ । उसले घरेलु टोली उल्भ्समाथि ५–१ को जित हात पारेको हो ।

मोलिनेउक्स स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डि ब्रुएनाले चार तथा रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु टोलीका लागि लिन्डर डेन्डनकरले एक गोल फर्काए । 

खेलको सातौँ मिनेटमा डि ब्रुएनाको गोलबाट सिटीले सुरुवाती अग्रता लिन सफल भएको थियो । ११औं मिनेटमा डेन्डनकरले उल्भ्सका लागि बराबरी गोल फर्काए ।

१६ औं मिनेटमा ब्रुएनाले गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । २४ औं मिनेटमा ब्रुएनाले ह्याट्रिक पूरा गरेपछि सिटीले पहिलो हाफमा ३–१ को अग्रता लियो ।

६० औं मिनेटमा ब्रुएनाले व्यक्तिगत तथा टोलीका लागि चौथो गोल गरे । ८४ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ५–१ को शानदार जित दिलाए । यो जितसँगै उपाधि नजिक पुगेको सिटीले ३६ खेलमा ८९ अंक जोड्दा पराजित उल्भ्स समान खेलबाट ५० अंकका साथ आठौं स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार ७:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया