स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । ऊ घरेलु टोली इल्चेविरुद्ध २–० ले विजयी भएको हो ।
म्यानुएल मार्टिनेज भ्यालेरोमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन म्याथ्जुज कुन्हा र रोड्रिगो डि पउलले एक/एक गोल गरे । खेलको २८ औं मिनेटमा कुन्हाको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो ।
६२ औं मिनेटमा डि पउलले गोल गरेपछि पाहुना टोलीले २–० को सहज जित निकाल्यो । यो जितसँगै तेस्रो स्थानको एट्लेटिकोले ३६ खेलमा ६७ अंक जोड्दा पराजित इल्चे समान खेलबाट ३९ अंकका साथ १४ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।