प्रधानमन्त्री देउवाले रुवाखोला मतदान केन्द्रबाट मतदान गर्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।

उनले गन्यापधुरा गाउँपालिकाको असीग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।

सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा अहिले गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्किँदै छन् । 





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार ८:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया