स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा नेकपा (माओवादी केन्द्र) का कार्यकर्तामाथि कुटपिट भएको छ । अजिरकोट गाउँपालिका–१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो ।
उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल, गमेरखा लगिएको प्रहरीले जनाएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर गुरुङ नेतृत्वको टोलीले उनीहरूमाथि आक्रमण गरेको दाबी माओवादीले गरेको छ ।
माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासि ढुंगा, चिरपटलगायत प्रयोग गरेर आक्रमण भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।