बाराको जीतपुर-सिमराका स्वतन्त्र मेयर उम्मेदवार पक्राउ

बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो ।

महिला बसिरहेको स्थानमा गएर उनले गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएको हो । महतोका अनुसार कँडेलको टोलीले गालीगलौज  गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् ।

घाइते न्योपानेको अवस्था सामान्य छ । पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 
 





  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार १०:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया