स्थानीय निर्वाचन : सुदूरपश्चिममा सुरु भयो मतदान [तस्बिरहरू]

सुदूरपश्चिम प्रदेशमा पनि स्थानीय मतदान सुरु भएको छ । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदका लागि मतदान सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह प्रमुख, ८८ उपप्रमुख, ७३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य गरी कुल ३ हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । त्यसका लागि झण्डै १३ हजारको उम्मेदवारी परेको छ ।

प्रदेशका ८८ स्थानीय तहमा एक हजार १३५ मतदानस्थल र दुई हजार १०३ मतदान केन्द्र छन् भने १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् । एक लाख ९६ हजार ४७६ मतदाता नयाँ छन् । यस्तै, सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मतदान सुरु भएको छ । धनगढी उपमहानगरपालिका–१६ मा रहेको बेहडाबाबा माविबाट मतदान सुरु भएको हो । 

धनगढी उपमहानगरपालिकामा मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि छान्नका लागि मतदान भइरहेको हो । उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ । उपमहानगरमा ९३ हजार १ सय ५१ मतदाता छन । उपमहानगरपालिकामा सबैभन्दा बढी मतदाता वडा नम्बर ३ मा रहेका छन । वडा नम्बर ३ मा कूल मतदाता ८ हजार २२१ रहेका छन् । यस्तै, वडा नम्बर ५ मा ७ हजार ६४५ मतदाता रहेका छन् ।  

मतदान सुरु, हेरौं तस्बिर 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार ८:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया