नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको बारे केही जानकारी नरहेको बताएका छन् ।
भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर ‘क’ बाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले आयोगले स्पष्टीकरण सोधेको विषयमा जानकारी नरहेको बताएका हुन् ।
मौन अवधिमा मतदातालाई प्रभावित पारेको भन्दै बिहीबार आयोगले प्रचण्डसँग स्पष्टीकरण सोधेको थियो । तर, आज उनले भने स्पष्टीकरण सोधेको विषयमा जानकारी नआएको बताएका हुन् ।
आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’
आफूलाई आयोगले स्पष्टीकरण सोधेको थाहा नपाएको बताएका प्रचण्डले भने, ‘८ घण्टे स्पष्टीकरणबारे थाहा छैन, सुनेको छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।