बाराका विभिन्न स्थानमा झडप, मतदान रोकियो

मतदान केन्द्रमा झडप भएपछि बारामा मतदान प्रक्रिया रोकिएको छ । जिल्लाको देवताल गाउँपालिका–७ मा मतदानका क्रममा दुई पक्षबीच विवाद हुँदा झडप मतदान रोकिएको हो ।  

झडपका क्रममा एक जनाको टाउमा चोट लागेको बाराका प्रहरी प्रमुख दिलीपसिंह देउवाले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको एसपी देउवाले बताए । 

त्यस्तै, सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ। दुई पक्षबीच झडप भएपछि अहिले मतदान प्रक्रिया रोकिएको एसपी देउवाले बताए  ।

सीमावर्ती क्षेत्रमा रहेका यी मतदान केन्द्र सुरक्षा दृष्टिकोणले अति संवेदनशील केन्द्र हुन् । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १०:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया