बाराको देवताल गाउँपालिकामा पुनः मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि झडप भएको थियो । १०/१५ जना हात हालाहाल भएपछि रोकिएको मतदान फेरि सुरु भएको हो ।
नेपाली कांग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएको थियो ।
देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेको सर्वदलीय बैठकले पुनस् मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएको हो ।
झडपमा घाइते भएकाहरूको सदरमुकाम कलैयास्थित कलैया अस्पतालमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।