स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ को मृत्यु, १२ जना घाइते

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

मतदानका लागि जाँदै गरेका मतदाताहरू बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जिप वालिङको पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो । जिप सडकबाट ५०० मिटर तल खसेको बताइएको छ । मतदान केन्द्रतर्फ जाँदै गरेकालाई लिएर जाँदै गरेको जिप दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाका अनुसार घाइते ११ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ भने एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । मृतकको सनाखत भइनसकेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १२:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया