स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषामा मध्याह्न १२ बजेसम्ममा झण्डै ३० प्रतिशत मतदान भएको छ ।
आज (शुक्रबार) बिहान ७ बजेदेखि देशभर स्थानीय तह सदस्यका लागि निर्वाचन भइरहेको छ ।
निर्वाचन कार्यालय धनुषाले मध्याह्न १२ बजेसम्ममा झण्डै ३० प्रतिशत मतदाताले मतदान गरेको मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन अन्तर्गत भइरहेको मतदान धनुषामा केही स्थानबाहेक शान्तिपूर्ण रुपले भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।