रूकुम पश्चिममा कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु

रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

जनककुमार बाँठामगर सवार गाडिबाट बाफिकोट गाउँपालिका-७ मा ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । लु३च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडी चालक देवराज शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १७:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया