उदयपुरमा गोली चल्यो, दुई जना घाइते
फरकधार / ३० बैशाख, २०७९
प्रतीकात्मक तस्वीर

उदयपुरको कटारी नगरपालिका १० स्थित कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । मतदान केन्द्रमा गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले पुष्टि गरे । 



‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । कस्ले चलायो ? किन चलायो ? केमा विवाद भयो ? हामी बुझिरहेका छौँ’ उनले भने । 

यता, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनराज राईका अनुसार गोली लागेर एक स्थानीय र एक सुरक्षाकर्मी घाइते भएका छन् । 

गोली लागेर स्वतन्त्र अध्यक्षका उम्मेदवार गौर बहादुर कटुवालका भतिज २२ वर्षीय नवीन कटुवाल घाइते भएको बताइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



  • प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार १९:१६:५६,   अन्तिम अपडेट : बैशाख ३०, २०७९ शुक्रबार १९:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया