नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
‘स्याङ्जाको वालिङ–१४ अर्खलबास भन्ने स्थानमा आज बिहान मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएको खबरले मर्माहत भएको छु,’ प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
उक्त दुःखद् घटनामा दिवङ्गत भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।