उदयपुरको मतदान केन्द्रमा प्रहरीले चलाउँदा एक किशोरको मृत्यु भएको छ । त्यस्तै, अर्का एकजना घाइते भएका छन् ।
जिल्लाको कटारी नगरपालिका– १० सोरुङछबिसेमा रहेको जनता कालिका माविको मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले गोली चलाएको हो । मतपेटिका सिलबन्दी गर्ने क्रममा विवाद हुँदा गोली चलाउनु परेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादबले जानकारी दिए ।
उनले भने, ‘मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । गोली लागेर कटारी नगरपालिका– १० सोरुङछबिसेका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरवहादुर कटुवालका भतिज १९ वर्षीय नवीन भन्ने वीरबहादुर कटुवालको मृत्यु भएको हो ।
त्यस्तै, घरमा बसिरहेका १३ वर्षीय किशोर मोहन श्रेष्ठको घुँडामा गोली लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।