मनाङको चामे गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराएका हुन् ।
निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो ।
गोला प्रथा गर्दा एमाले उम्मेदवार गुरुङ विजयी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।