सल्यानको कुमाख गाउँपालिका-१ माओवादी केन्द्रको प्यानल नै विजयी

सल्यानको कुमाख गाउँपालिका–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई हराउँदै ६०८ मतका साथ विजयी भएका हुन् ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।  

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरे । यस्तै, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । 

यो वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बुढाथोकी ५५८ र माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्ष पदमा माओवादीकी धनसरा मल्लले ५५८ र कांग्रेस–एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत पाएका छन् ।

१ हजार ७३९ कुल मतदाता रहेको कुमाख गाउँपालिका–१ मा १ हजार २१४ मत खसेको थियो ।  





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ७:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया