सुदूरपश्चिम प्रदेशमा पनि पनि शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मत मरिणाम सार्वजनिक हुन थालेको छ । यहाँ पनि केही स्थानी तहले शुक्रबार राति नै मतगणना सुरु गरेका छन् । धेरै स्थानीय तहमा अहिलेसम्म पनि मतगणना सुरु हुन सकेको छैन ।
प्रदेशका ८८ मध्ये २५ पालिकाको प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको छ। एमालेले गणना सुरु भएका मध्येका ११ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिएको छ । यस्तै, कांग्रेसले नौ र माओवादी केन्द्रले पाँच पालिकामा अग्रता लिएको छ।
बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थडचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ।
यस्तै, डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सूर्नया, पुर्चौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी, कैलालीको गोदावरी र कैलारीमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
माओवादी केन्द्रले कञ्चनपुरको बेलौरी, डडेल्धुराको परशुराम, दार्चुलाको अपिहिमाल र लेकम तथा अछामको रामारोशनमा अग्रता लिएको छ। सुरु हुन नसकेको स्थानीय तहमा सर्वदलीय बैठकहरू चलिरहेका छन् ।
प्रदेशको सबैभन्दा चासोका साथ हेरिएको धनगढी उपमहानगरपालिकामा सर्वदलीय बैठक बसिरहेको छ । सुदूरपश्चिममा ८८ स्थानीय तह रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।