गुल्मीको रेसुङ्गा नगरपालिका–२, ३, ४ मा कांग्रेस र वडा नम्बर १ एमाले विजयी

गुल्मीको रेसुङ्गा नगरपालिकाको चारवटा वडाको मतगणना सकिएको छ । वडा नम्बर २, ३ र ४ को मतगणना सकिँदा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।  

नगरपालिका–१ मा एमालेका रामप्रसाद पन्थी ३०५ मतसहित विजयी भएका हुन् । वडा नम्बर २ मा कांग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भए ।

वडा नम्बर ३ मा कांग्रेसकै बाबुराम खत्री ४८७, वडा नम्बर ४ मा लीलाधर आचार्य ५५७ मतका साथ प्यानलसहित निर्वाचित भए । रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिएका छन् ।

उनलाई एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १ हजार ३ सय ६५ मतसहित पछ्याइरहेका छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ९:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया