बैतडीको शिवनाथ–१ मा कांग्रेस उम्मेदवार प्यानलसहित विजयी

बैतडीको शिवनाथ गाउँपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका बलदेव सिंह चाड प्यानलसहित विजयी भएका छन् ।  उनी ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउँदले ४७० मत प्राप्त गरे । उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउँदले ६४१ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार हजारीसिंह साउँदले ५०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका शकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा न. २ को मतगणना जारी छ । 

त्यस्तै,  जिल्लाको सूर्नया गाउँपालिका–१ मा नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दको प्यानल नै विजयी भएको हो । 

चन्द १५५ मतका साथ विजयी भए । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरे । सदस्यहरूमा दिलाराम कोली, अर्जुनबहादुर चन्द, सीता ढोली र अनिता चन्द विजयी भएका छन् ।   





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ९:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया