माधव नेपालको गृहनगरमा समाजवादीको अग्रता

रौतहटको सदरमुकाम गौर नगरपालिकामा मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती परिणामअनुसार एकीकृत समाजवादीका मेयर पदका उमेदवार सम्भु साहले ३२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका मोहन यादवले १२८ मत ल्याउँदा लोसपाका उमेदवार तथा निवर्तमान मेयर अजय गुप्ताले ६५ मत प्राप्त गरेका छन् । गौर एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर पनि हो । 

त्यस्तै, ईशनाथ नगरपालिका लोसपाका मेयर पदका उमेदवार कौसलिया देवीले १७१ र नेपाली कांग्रेसका उमेदवार अञ्जु झाले १४२ मत ल्याएका छन् ।

एमालेका उमेदवार तथा निवर्तमान मेयर सन्तोषकुमार मेहताले १०८ मत प्राप्त गरेका छन् । दुर्गा भगवती गाउँपालिकामा सुरुवाती मतगणनामा माओवादी केन्द्रका प्रमुखका उमेदवार सम्भु सिंहले अग्रता लिएका छन् । उनले ३५७ मत प्राप्त गर्दा कांग्रेसका प्रमुखका उमेदवार तथा निवर्तमान प्रमुख अरुण साहले २२१ मत प्राप्त गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ११:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया