कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुरुवाती अग्रता लिएको छ । थारू बाहुल्यता भएको सो गाउँपालिकाको वडा नम्बर १ को २०० मत गणना गर्दा अध्यक्षमा राप्रपा उम्मेदवार होमबहादुर गुरुङले ७०, मत ल्याएका हुन् ।
त्यस्तै, नेपाली कांग्रेसका राजसमझ चौधरीले ६०, नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका झुमा चौधरीले ९ मत प्राप्त गरेका छन् । यो गाउँपालिकामा ०७४ को निर्वाचनमा माओवादी केन्द्रका लाजुराम चौधरी विजयी भएका थिए । यसपालि फेरि उनी मैदानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।