कांग्रेस-एमालेको तालमेल तोड्दै सल्यानको कुमाख–७ मा माओवादी केन्द्रको प्यानल नै विजयी

सल्यानको कुमाख गाउँपालिका–७ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डम्मर शाही  ६ सय ४३ मत साथ विजयी भएका हुन् । 

उनका प्रतिद्धन्द्धी कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ५ सय ९५ मत ल्याए । कवि चन्दभन्दा ४३ मत बढी ल्याएर शाही विजयी भएका हुन् । 

कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालका अनुसार माओवादीका थलबहादुर पुन, दिलबहादुर डाँगी, अनिता बुढाथोकी र रीता विक सदस्यमा विजयी भएका छन् । कुमाख गाउँपालिका–२ मा पनि वडा अध्यक्षसहित पूरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १२:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया