काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । १ सय ७० मत गन्दा उनले ५७ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मत प्राप्त गरेका छन् । उनी गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन् । मेयरतर्फ भने स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता लिएका छन् । उनले ७२ मत प्राप्त गरेका छन् ।
बालेनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत प्राप्त गरेकी छन् । नेकपा एमालेका केशव स्थापित ५९ मतसहित तेस्रो स्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।