डोल्पाको जगदुल्लामा कांग्रेस, एमाले र समाजवादीको तालमेललाई तोड्दै माओवादीका उम्मेदवार विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादीबाट नारासिंङ रोकाय ७७० मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए ।

त्यस्तै, माओवादीकै अमृता बोहरा उपाध्यक्षमा विजयी भएकी छन् । उनी ७५९ मत ल्याउँदै उपाध्यक्षमा विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी एमालेकी इन्द्रावती थापाले ७४९ मत ल्याइन् ।  

यो गाउँपालिकाको तीन वटा वडाध्यक्षमा पनि माओवादीका उम्मेदवार विजयी भए । जगदुल्लामा कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेका थिए ।  
 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १५:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया