इलाम-१ को अध्यक्षमा कांग्रेसका गायत्रीराम बस्नेत निर्वाचित

इलाम नगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार अम्बिका गौतमलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

बस्नेतले ११ सय ८१ मत पाएका छन् । गौतमले एक हजार २२ मत प्राप्त गरेका छन् । गौतम यसअघि नेकपा एमालेबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । 

सदस्यमा नेपाली कांग्रेसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् ।

यस्तै, एक सदस्यमा भने नेकपा एमाले खड्गबहादुर गुरुङ विजयी भएका छन् । गठबन्धनका नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने सदस्यमा पराजित भएका छन् ।  इलाम नगरपालिका एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको गृहनगर हो ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १५:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया