सर्लाहीको मलंगवा–१ मा कांग्रेसको प्यानल विजयी, मेयर र उपमेयरमा पनि कांग्रेसको अग्रता

सर्लाहीको मलंगवा नगरपालिकास्थित एक वडामा नेपाली कांग्रेसको वडाध्यक्ष पदका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । 

मलंगवा नगरपालिका–१ मा नेपाली कांग्रेसका नवल किशोर यादव ४३० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका राजकिशोर रायले ४१९ मत ल्याएका छन् । 

वडाध्यक्षसहित सबै सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिसकिएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले बताए । 

यस्तै मेयर र उपमेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवारले नै अग्रता कायम गरेका छन् । मेयर कांग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद यादवले ४५५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका निरसल साहले ३६६ मत ल्याएका छन् । यस्तै एमालेका शमिम खाँले ६६ मत पाएका हुन् । 

उपमेयरमा कांग्रेसकी शकुन्तला देवी साहले ४१८, जसपाकी पानो देवीले ३७३ र एमालेकी चुनु देवी चौधरीले ५ मत प्राप्त गरेकी छन् । 

वडा नम्बर–१ को मतपरिणाम आइसकेको र अब वडा नम्बर–२ र ३ को मतगणना सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत पियाले बताए ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १५:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया