चितवनमा गठबन्धनको विजयी सुरुवात, इच्छाकामना–१ को अध्यक्षमा माओवादीका राना निर्वाचित

चितवनमा पाँच दलीय गठबन्धनले विजय सुरुवात गरेको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना–१ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् ।

राना १० मतान्तरले विजयी भएका हुन् । उनले ६३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याएका हुन् । इच्छाकामना-१ मा एक हजार ३२६ मत खसेको थियो । 

एक हजार ३२६ मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको उम्मेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गीताकुमारी गुरुङले ५८३ मत ल्याएकी छन् ।

उपाध्यक्षका उम्मेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका छन् ।   





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १५:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया