डडेल्धुराको आलिताल गाउँपालिका–१ को अध्यक्षमा नेकपा एमालेका यज्ञबहादुर देउवा (योगेन्द्र) निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका गम्भीरसिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।
देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी बोहराले ३७७ मत प्राप्त गरे । महिला सदस्यमा हिमा ओली ४ सय २४ र दलित महिला सदस्यमा नारदादेवी कामी ३ सय ९२ मतका साथ विजयी भएका छन् ।
खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत ल्याउँदै विजयी भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।