काठमाडौं महानगर : बालेनको अग्रता कायमै, पछ्याउँदै सिर्जना

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् । 

राष्ट्रिय सभा गृहमा जारी मतगणनामा ५०० भन्दा बढी गन्दा बालेनले १९५ मत प्राप्त गर्दै सुरुवाती अग्रता कायमै राखेका हुन् ।

बालेनलाई कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् । सिंहले १३५ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले १ सय ११ मत प्राप्त गरेका छन् । 

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २४ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १६:२७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया