रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीलाई हराउँदै बागी उम्मेदवारको प्यानलै विजयी
फरकधार / ३१ बैशाख, २०७९

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली विजयी भएका छन् । उनी माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई हराउँदै विजयी भएका हुन् ।



उनी उक्त वडामा माओवादी केन्द्रका लक्ष्मण र कांग्रेसका उम्मेदवार मुस्कान ओलीसँग प्रतिस्पर्धा गरेका थिए । सुन्दरले ५ सय ७७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मणले ४ सय १७ मत ल्याए । अन्य ४ सदस्यमा पनि बागीतर्फकै उम्मेदवार निर्वाचित भएका छन् ।

सदस्यमा कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा निर्वाचित भएका छन् । उनीहरूले धारा चुनाव चिन्हमा चुनाव लडेका थिए । 





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १६:३३:५४,   अन्तिम अपडेट : बैशाख ३१, २०७९ शनिबार १६:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया