बाजुरा खप्तड छेडेदह-१ मा कांग्रेसका रावल प्यानलसहित विजयी

बाजुराका खप्तड छेडेदह–१ काँडाको वडाध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर रावल प्यानलसहित विजयी भएका छन् । 

उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर रोकायालाई ४१ मतले हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् ।

वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । रावल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । उनी यस पाली कांग्रेसमा प्रवेश गर्दै टिकट पाएका थिए ।

साबिकको काँडामा गठबन्धन भएको थिएन भने कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । वडा नम्बर १ मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पनि लिड गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १६:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया