जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवार मनोजको अग्रता कायमै
फाइल तस्वीर

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

शुरुवातदेखि नै अग्रता कायम गरेको मनोजले १ हजार ८० मतको गणना हुँदा ३६५ मत ल्याएका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले भने ५३ मत मात्र प्राप्त गर्न सकेका छन् ।

दोस्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह हीरा रहेका छन् । उनले १३७ मत ल्याएका हुन् । 

यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतोले ८२, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ७९ र लोसपाका मनोज चौधरीले ६४ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनका कांग्रेसबाट उम्मेदवार रहेका किशोरी साहले ४६३ मत ल्याएका छन् भने नेकपा एमालेकी रुना झाले १८२, लोसपाकी निवर्तमान उपमेयर रिता कुमारी मिश्रले ८२ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ८२ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार १८:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया