विराटनगरमा गठबन्धनका नागेशले बढाए मतान्तर, उपमेयरमा एमालेकी कार्की अगाडि

प्रदेश-१ को एक मात्र महानगर विराटनगरमा सत्ता गठबन्धनले सुरुवातदेखि नै अग्रता बढाउँदै लगेको छ । 

साँझ ७ बजेसम्म ३१०० मत गणना हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला १०३८ मतसहित अग स्थानमा छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ७७४ र स्वतन्त्र उम्मेदवार उमेश यादवले २७७ मत प्राप्त गरेका छन् । 

उपमेयरमा भने एमालेकी शिल्पा कार्की ८५३ मतसहित अग्र स्थानमा छिन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादव ५४४ मतसहित कार्कीलाई पछ्याइरहेका छन् । 

माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी नमिता न्यौपाने उपमेयरमा १६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार २०:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया