रूपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बरालसहितको प्यानल नै विजयी भएको छ ।
उनी १ हजार ७३८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६ सय ६६ मत ल्याएका छन् । बराल यसअघि पनि राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
सदस्यमा पनि राप्रपाका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।