दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादीका छवि सुवेदी निर्वाचित

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि सुवेदी निर्वाचित भएका छन् । उनी ३ हजार २०० मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । 

सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २ हजार ५४४ मत ल्याए । तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाए । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।   

कर्णालीमा दैलेख माओवादीको कमजोर प्रभाव रहेको जिल्लामा मानिन्छ । अघिल्लो स्थानीय निर्वाचनमा माओवादी दैलेखमा शून्य थियो । तर, यसपालि भने माओवादीले केही वडा र गाउँपालिका अध्यक्षमा जित हासिल गरिसकेको छ ।   





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ७:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया