मेसीको दुई गोलमा लिग वानमा पिएसजीको फराकिलो जित

फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेको छ । उसले घरेलु टोली मेन्टपेलिएरविरुद्ध ४–० को जित हात पारेको हो । 

ला मोसन स्टेडियममा पिएसजीलाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्जल डि मारिया र केलियन एम्बाप्पेले एक/एक गोल गरे । खेलको छैटौं मिनेट मेस्सीको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । २० औं मिनेटमा उनैले व्यत्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

२६ औं मिनेटमा डि मारियाले गोल गरेपछि पिएसजी ३–० ले अघि बढ्यो । ६० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई ४–० को फराकिलो जित दिलाए । 

यो जितसँगै शीर्ष स्थानको पिएसजीले ३७ खेलमा ८३ अंक जोड्दा पराजित मोन्टपेलिएर समान खेलबाट ४३ अंकका साथ १३ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ७:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया