अस्ट्रेलियाका चर्चित क्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा निधन

अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वअलराउण्डर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ । उनको कार दुर्घटनामा परी ४६ वर्षको उमेरमा निधन भएको हो । दुर्घटना अस्ट्रेलियाको उत्तरीपूर्वी क्षेत्र टाउन्सभिली नजिकै गएराति ११ बजेको आसपासमा भएको हो ।

एन्ड्रयुले १९९८ देखि २००९ सम्म अस्ट्रेलियाका लागि २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी–२० अन्तराष्ट्रिय खेलेका थिए । उनी अस्ट्रेलियाले दुई पटक ५० ओभरको विश्वकप जित्दा टोलीका सदस्य थिए । 

एन्ड्रयुले अस्ट्रेलियाका लागि टेस्टमा १४६२, एकदिवसीयमा ५०८८ तथा टी–२० अन्तर्राष्ट्रियमा ३३७ रन बनाएका छन् । त्यस्तै, उनले टेस्टमा २४ एकदिवसीयमा १३३ र टी–२० अन्तर्राष्ट्रियमा आठ विकेट हात पारेका छन् ।

इंग्ल्याण्डमा जन्मिएका एन्ड्रयुलेले केन्ट, ग्लुसेस्टरशायर, लङ्काशायर र सुर्रेबाट काउन्टी क्रिकेट खेलेका थिए । साथै, उनले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पनि विभिन्न टिमबाट खेलेका थिए ।  

यही वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको छ । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ८:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया