ओलीको गृहनगर दमकमा राप्रपाले एमालेलाई उछिन्यो

झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापाले अग्रता लिएका छन् । उनले पहिलोपटक एमाले उम्मेदवारलाई उछिनेका हुन् । 

थापाले १९६८ मत ल्याउँदा एमाले उम्मेदवार गीता अधिकारीले १९४० प्राप्त गरेकी छन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ र एमालेका अम्बिकाप्रसाद खनालले १७५६ मत ल्याएका छन् ।

अहिलेसम्म दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्ता गठबन्धनका दलहरूले राप्रपाका थापालाई समर्थन गरेका छन् ।  





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १०:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया