विराटनगरमा गठबन्धनका कोइरालाको फराकिलो अग्रता, उपमेयरमा एमालेकी कार्की अगाडि

प्रदेश–१ को एक मात्र महानगर विराटनगरमा सत्ता गठबन्धनले सुरुवातदेखि नै अग्रता बढाउँदै लगिरहेको छ । ७२५० मत गणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला २५८३ मतसहित शीर्ष स्थानमा छन् । 

उनका निकटतम प्रतिद्वन्द्धी एमालेका सागर थापाले १६९० मतसहित उनलाई पछ्याइरहेका छन् । जसपाबाट विद्रोह गर्दै मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत प्राप्त गर्दा राप्रपाका प्रह्लाद साहले ४१८ मतसहित यादवलाई पछ्याइरहेका छन् । उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले फराकिलो मतान्तरसहित अग्र स्थानमा छिन् । 

उनले १८०० मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार जसपाका अमरेन्द्र यादवले ११८३ मत ल्याएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी नमिता न्यौपाने उपमेयरमा ४०९ मत प्राप्त गर्दा राप्रपाले उपमेयरमा ४३१ मत प्राप्त गरेको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १३:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया