खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाको साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकोतर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले १९७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाए । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कटवाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् । 

न्यौपाने नेविसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।  





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १३:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया