रघुवीर महासेठकाे माग– मुस्लिम आयाेगका अध्यक्ष अन्सारीमाथि कारवाही हाेस्

नेकपा एमालेका सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई कारवाही गर्न माग गरेका छन् ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले संवैधानिक निकायका एक जिम्मेवार व्यक्तिले मौन अवधिको समयमा तानावाना बुनेकोले छानबिन गरि कारवाही गर्न माग गरेकाे बताएका छन् ।

महासेठले अध्यक्ष अन्सारी जनकपुरधाममै बसेर नेकपा एमालेका उम्मेदवार बिरुद्ध षड्यन्त्र गरि विभिन्न जालझेलहरु रचेको आरोप लगाएका छन् । उनले संसदीय समितिसँग छानबिन गरि अन्सारीमाथि कारवाही गर्न माग गरेका छन् ।

उनले भने, ‘बैशाख २९ गते म जनकपुरधाममा नरहेको समयमा मिडिया मार्फत अन्सारी बारे समाचार सुनेँ । उनले समेत काठमाडाैंमा पत्रकार सम्मेलन गरेर म र पूर्वमन्त्री जुली महतो माथी लगाएको आरोप बिलकुल निराधार छ ।’

महासेठले धनुषाका प्रहरी अधिकारीहरुको भूमिका पनि शंकास्पद रहेको भन्दै सोको समेत छानबिन गर्नुपर्ने माग गरे । संवैधानिक निकाय जस्तो जिम्मेवार पदमा बसेर अन्सारीले राजनीति खेल खेल्नु पदीय मर्यादा विपरित रहेको उनले बताए ।  

पत्रकार सम्मेलनमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरका उपमेयर पदका उम्मेदवार रुना झाले अध्यक्ष अन्सारीले निर्वाचन अघि आफुलाई होटेलमा बोलाएको बताइन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २३:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया