काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहकाे मत निरन्तर बढिरहेकाे छ ।
पछिल्लाे अपडेटअनुसार उनले ४६४६ मत ल्याएका छन् । उनले लगातार आफूलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितकाे भन्दा मतान्तर बढाइरहेका छन् ।
स्थापितले अहिले २४०५ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले चाहिँ २२२४ मत प्राप्त गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।