मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी

मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लामा माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । 

एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गर्दै विजयी भए । माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा रानाले ५ हजार २९९ मत प्राप्त गरिन । 

अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ६:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया