नेकपा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेका थिए ।
यो वडामा कांग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको छ । कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।