अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाशबहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन् ।
साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए ।
उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।