सिरी ‘ए’ मा मिलानका दुवै टोलीको सहज जित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा उपाधि होडमा रहेका मिलानका दुवै टोलीले सहज जित हात पारेका छन् । शीर्ष स्थानको एसी मिलानले एट्लान्टामाथि २–० को जित हात पार्‍यो । 

घरेलु मैदान सान सिरोमा मिलानलाई जित दिलाउन राफेल लियो र थियो हर्नान्डेजले गोल गरे । खेलको ५६ औं मिनेटमा लियोले गोल गर्दै  मिलानलाई अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा हर्नान्डेजले गोल गरेपछि घरेलु टोलीले २–० को सहज जित निकाल्यो । जितसँगै शीर्ष स्थानको मिलानले ३७ खेलमा ६८ अंक जोड्दा पराजित एट्लान्टा समान खेलबाट ५९ अंकका साथ आठौं स्थानमा छ ।

त्यस्तै, इन्टर मिलानले घरेलु टोली काग्लियरीमाथि ३–१ को जित निकाल्यो । सर्डेगन एरिनामा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले दुई तथा माटिओ डर्मियनले एक गोल गरे । घरेलु टोलीका लागि एक गोल चारलाम्पोस लाइकोगियानिसले फर्काए ।

खेलको २५ औं मिनेटमा डर्मियनले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा मार्टिनेजले पाहुना टोलीको अग्रता दोब्बर बनाए । ५३ औं मिनेटमा काग्लियरीका लाइकोगियानिसले खेललाई २–१ को अवस्थामा ल्याए ।

८४ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो  गोल गर्दै इन्टरलाई ३–१ को सहज जित दिलाए । जितसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ८१ अंक जोड्दा पराजित काग्लियरी समान खेलबाट २९ अंकका साथ २९ अंकका साथ १८ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १०:३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया