सुवास नेम्वाङका पूर्वस्वकीय सचिव वडाध्यक्षमा निर्वाचित

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

पूर्वपत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली कांग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।

खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाए ।  यस्तै, महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु, र लीलाबहादुर राई निर्वाचित भएका छन् । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १०:४७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया